काठमाडौं, २४ भदौ– नुवाकोटमा यात्रुवहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट नुवाकोटको खरानीटारको लागि छुटेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा परेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले लोकान्तरलार्इ जानकारी दिए ।
विहान ९.३० बजे नयाँ बसपार्कबाट ४० यात्रु सहित नुवाकोट हिडेको बस छहरे टोखा सडक खण्ड अन्तर्गतको थानाभञ्ज्याङको घुम्ती दुर्घटनामा परेको हो ।
घटनाको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्वीर