१६ असार २०८३, मंगलबार

बजेटमाथिको सामान्य छलफल सकियो, मन्त्रालयगत छलफल शुरु

जेठ ३२, २०८०
काठमाडौं
बजेटमाथिको सामान्य छलफल सकियो, मन्त्रालयगत छलफल शुरु

प्रतिनिधिसभमा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल शुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । 

सभामुख देवराज घिमिरेले आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको सामूहिक छलफल हुने बताए ।

प्रतिनिधिसभाको यसअघिका बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सम्पन्न भएको थियो । 

सरकारले यही जेठ १५ गते संसद्‌मा आगामी आवको बजेट प्रस्तुत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्