×

NMB BANK
NIC ASIA

प्रेमराजा महतले गरे राजनीतिमा आउने संकेत

काठमाडाैं | जेठ ३२, २०८०

NTC
Premier Steels

अग्रज लोकगायक प्रेमराजा महतले राजनीतिमा आउने संकेत गरेका छन् । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएका यी गायकले लोकान्तरसँगको कुराकानीमा राजनीतिमा आउने संकेत गरेका हुन् । 

Muktinath Bank

‘मेरो पारिवारिक पृष्ठभूमि पनि पोलिटिकल हो । सोही कारण अहिले विशेषगरी जिल्लातिरका साथीभाइले एकचोटी तपाईं राजनीतिमा आउनुपर्यो भनेर भन्नुभएको छ’ उनले भने, ‘यद्यपि मैले केही सोचिसकेको चाहिँ छैन । यो साल यसबारे सोच्दैछु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीति पनि एक किसिमको समाजसेवा भएकाले राजनीतिमा आएर समाजसेवा गर्न अझ सहज हुने देखेर पनि यसबारे सोच आएको उनले बताए । ​


Advertisment
Nabil box
Kumari

प्रेमराजा विगतदेखि नै समाजसेवामा समेत सक्रिय छन् । 

Vianet communication

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसँग निकट देखिन्छन् । अन्य राजनीतिक दलका नेताहरूसँग पनि उनको निकटता देखिँदै आएको छ ।

यद्यपि, आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको उनले दाबी गरे । ‘कहिले कुन नेतासँग, कहिले कुन नेतासँग देखिँदा मानिसले अनेक अड्कलबाजी गर्ने गर्नुहुन्छ । मेरो सम्बन्ध सबै नेताहरूसँग राम्रो छ,’ उनले भने, ‘तर म कुनै पार्टीमा संलग्न नभएको कलाकारमध्येमा पर्छु ।’ 

‘पानको पात’, ‘बाँझो खेतमा’, ‘सिमसिमे पानीमा’, ‘हिउँचुलीमा हिउँ’ जस्ता रिल क्यासेट जमानाका कालजयी गीतका गायक प्रेमराजाले गतवर्ष सार्वजनिक गरेको ‘बन्दिपुरैमा’बोलको गीतलाई पनि स्रोता दर्शकले रुचाएका छन् । 

केही दिनअघि उनले ‘घर हम्रा जुम्ला हुम्लामा’बोलको गीत ल्याएका छन् । 

प्रेमराजाको नेपाल आउजाउ बाक्लै हुने गरेको छ । उनी विगत ८ महिनादेखि नेपालमै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x