२८ जेठ २०८३, बिहीबार

प्रस्तावित प्रना कार्कीको जवाफ- न्यायालयमा २९ किसिमका बिचौलिया छन्, कुनै क्षेत्र बाकी छैन

असार १, २०८०
काठमाडौं
प्रस्तावित प्रना कार्कीको जवाफ- न्यायालयमा २९ किसिमका बिचौलिया छन्, कुनै क्षेत्र बाकी छैन

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयमा बिचौलियाहरू रहेको स्वीकार गरेका छन् । शुक्रवार संसदीय समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रस्तावित प्रना कार्कीले बिचौलिया कुनै क्षेत्रमा बाँकी नरहेको बताए । 

कतिपयलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न सकिने उनको भनाइ छ । '२९ किसिमका बिचौलिया छन् । कुनै क्षेत्र बाकी छैन,' उनले भने, 'हरेक क्षेत्रका मानिस बिचौलिया छन् । प्रतिवेदनमै पनि त्यो कुरा उल्लेख छ । कतिपयलाई कानूनको दायरामै ल्याएर कारवाही गर्न सकिन्छ।'

यसअघि समिति सदस्यले न्यायालयभित्र बिचौलियाहुन्छन् भने ती को हुन ? बिचौलिया निगरानी र नियन्त्रण गर्ने कार्य तपाईंले कति गर्नु भयो ? भनि प्रश्न गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्