
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९ हजार रुपैयाँ घुससहित बाँकेबाट दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक अध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी पक्राउ परेका हुन् । उनीहरुले कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।
सो आधारमा आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले दुबै जनालाई घूस रिसवत लिइसकेको अवस्थामा शुक्रबार वडा कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।