
काठमाडौँ महानगरपालिकाले विगत तीन वर्षदेखि कार्यान्वयन गरेको स्थानीय पाठ्यक्रम ‘नेपाल भाषा’ अध्यापन गराउने शिक्षकको नामावली माग गरेको छ ।
आधारभूत तह कक्षा एकदेखि आठसम्म कामपाले स्थानीय पाठ्यक्रमको रूपमा नेपाल भाषामा अध्ययन गराउँदै आएको छ ।
सामुदायिक सबै विद्यालयमा पठनपाठन भइरहेको भए पनि केही निजी विद्यालयबारे आशङ्का भएपछि कामपा शिक्षा विभागले प्रत्येक विद्यालयमा अध्यापन गराउने शिक्षकको विवरण माग गरेको बताइएको छ ।
उक्त स्थानीय पाठ्यक्रममा काठमाडौँको कला संस्कृति, भाषा, धर्म, संस्कार, धार्मिकस्थल, ऐतिहासिक सम्पदा ढुङ्गेधारालगायत विषय समावेश गरी पठनपाठन गर्दै आइरहेको छ ।
हाल कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन भने पाँच सय चार निजी विद्यालय रहेका छन् ।