०३ असार २०८३, बुधबार

भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा

असार १, २०८०
कैलाली
भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा

विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने, “त्यसका लागि उनीहरू विना अनुमति आएको बुझियो । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रशासन लगिएको छ ।”

जमिन नापजाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयवासीले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्