२१ असार २०८३, आइतबार
फेरि स्वास्थ्यमा समस्या

राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

असार २, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना
फाइल तस्बिर

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई शनिवार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर (महाराजगन्ज) मा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको हो । 

अस्पताल स्रोतका अनुसार पौडेलको मुटुमा समस्या देखिएपछि राति नै अस्पताल  पुर्‍याइएको हो । 

यसअघि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएका उनी गत बुधवार मात्र ‘डिस्चार्ज’ भएका थिए । मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलवार गंगालालमा भर्ना भएका थिए । 

उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा  उपचारगरी फर्केका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्