
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका छन् । मेलम्ची पुगेर उनले मेलम्ची खानेपानीको महान र दुई वर्ष अघि भएको बाढीग्रस्त क्षेत्रमा निरीक्षण गरेका छन् ।
प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र राय यादवसहित स्थानीय जनप्रतिनिधि अवलोकनमा पुगेका छन् ।