
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका छन् । भोलिदेखि शुरू हुन लागेको अनिश्चितकालीन बन्दअघि मेयर शाहले विद्यालय बन्द गरे कारवाही गर्ने चेतावनी दिएका हुन् ।
विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको स्मरण गर्दै उनले काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा सो अवधारणाविपरीत हुने गरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्पष्ट पारेका छन् ।
महानगरका विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै संस्था वा कर्मचारीलाई कारबाही गरी पदबाट हटाइने उनले चेतावनी दिएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतवारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।