
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरेका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित खानेपानी आयोजनाको अवलोकनका लागि प्रधानमन्त्रीसहित खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको पनि सहभागिता रहेको थियो ।









