
पौडी खेल्ने क्रममा तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ ड्राइभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार शनिवार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित ड्याम क्षेत्रमा साथिहरूसँग पौडी खेल्ने क्रममा उनी खोलामा डुबेका थिए ।
प्रहरी चौकी दोभानले अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको थियो ।
तर उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।