२९ जेठ २०८३, शुक्रबार

अर्बाैं लगानीमा बनेको फिल्म आदिपुरुष : भारतमै चर्काे विरोध, कांग्रेस–आप पार्टीले गरे आलोचना

असार ३, २०८०
काठमाडौं
अर्बाैं लगानीमा बनेको फिल्म आदिपुरुष : भारतमै चर्काे विरोध, कांग्रेस–आप पार्टीले गरे आलोचना

हिन्दू भावनामाथि ठेस पुर्‍याएको आरोप लागेको फिल्म ‘आदिपुरुष’ अब राजनीतिक चर्चाको विषय पनि बनेको छ ।

भगवान् श्रीरामको कथा रामायणमा आधारित फिल्ममा समावेश संवाद विवादित बनेपछि भारतभर आलोचना भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आदिपुरुषले खासै समर्थन पाएको छैन भने विरोध चर्काे रूपमा भइरहेको छ ।

भारतीय संसदमा विपक्षी दल रहेका भारतीय कांग्रेस र आम आदमी पार्टी (आप) ले फिल्मको आलोचना गर्दै सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को विरोध गरिरहेका छन् । उता भाजपा नेताहरू पनि फिल्मको समर्थनमा देखिएका छैनन् ।

अर्बाैं लगानीमा बनेको फिल्म आदिपुरुषलाई लिएर नेपालमा समेत आलोचना भइरहेको छ । श्रीराम पत्नी सीता भारतमा जन्मिएकी हुन् भन्ने खालको संवाद समावेश भएकाले काठमाडौंका मेयर बालेन्द्र शाहले फिल्म प्रदर्शनमा रोक लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्