
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोका घटनामा खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।
आइतवार बिहान प्रधानमन्त्री कार्यालयले ट्विटरमा लेख्दै प्रधानमन्त्री प्रचण्डले सक्रियतापूर्वक लाग्न सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन र जनसमुदायमा हार्दिक अपिल गरेको जनाएको छ ।
ट्विटरमा लेखिएको छ, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन र जनसमुदायमा हार्दिक अपिल गर्नुभएको छ ।’