२३ जेठ २०८३, शनिबार

गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु

असार ५, २०८०
गोरखा
गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु

गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

सोमबार घरबाट तल खहरे जान भनेर निस्कनुभएका सार्की घर नफर्किएपछि परिवारसहित आफन्तले खोजी गर्ने क्रममा आज अबेर सिरानचोक गाउँपालिका–७, स्थित र्भोले खोलामाथिको ठूलो पहिरामा परेको अवस्थामा उहाँको शव भेटिएको हो ।

“शव भेटिएको स्थान ठूलो भेल पर्ने ठाउँ रहेछ, मृतकको शवको प्रकृति हेर्दा पहिरामा परेको देखिन्छ”, उनले भने, “हिँड्दा बाटोबाट खसेर पहिरामा परेको हो वा भेलले बगाएर पहिरामा पु¥याएको हो भन्ने बारेमा यकिन हुन बाँकी छ ।” घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको डिएसपी लामिछानेले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्