१७ असार २०८३, बुधबार

आज पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

असार ६, २०८०
काठमाडौं
आज पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । 

 ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो । 

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।  

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमे सोही जहाजमा नेपाल फर्किनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्