०३ असार २०८३, बुधबार

पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

असार ६, २०८०
संखुवासभा
पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

संखुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो ।

वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको हो । 

मंगलवार राति वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको खाँदबारी–किमाथांका  सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए । 

उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।

मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख  कोइरालाले बताए । अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए ।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन । सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौं सवारी बीचबाटैमा अपलत्र परेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्