१४ असार २०८३, आइतबार

सुदूरपश्चिमका कानूनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

असार ६, २०८०
कैलाली
सुदूरपश्चिमका कानूनमन्त्री सिंहको पार्थिव शरीर धनगढी रङ्गशालामा

मङ्गलवार सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका धनगढी रङ्गशालामा राखिएको छ ।

मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरू धनगढी रङ्गशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलोपटक गृह जिल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्