२७ जेठ २०८३, बुधबार

नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन : जनार्दन शर्मा

असार ६, २०८०
काठमाडौं
नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन : जनार्दन शर्मा

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका छन् । 

बुधवार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफलमा भाग लिँदै उनले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएको बताएका हुन् । 

उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने आवश्यकता रहेको धारणा राखे । स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उनको भनाइ थियो ।

‘रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन,' उनले भने, 'अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधनहरू र खनिजबाट अर्गानिक मल कारखाना बनाउन सक्छौं ।’

उपमहासचिव शर्माले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराए ।

salt training

कमेन्ट गर्नुहोस्