०८ असार २०८३, सोमबार

दलदलमा फसेर गैँडा मर्‍यो

कात्तिक २०, २०७४
दलदलमा फसेर गैँडा मर्‍यो
रत्ननगर (चितवन), २५ भदौ- चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट नजिकै दलदलमा फसेर आज एउटा गैँडा मरेको छ । 

दलदलमा फसेर अड्किएको अर्धवयस्क पोथी गैँडा आज बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

शनिबार दलदलमा फसेको भेटिएपछि गैँडालाई हात्तीको सहायतामा निकालिएको थियो । दलदलमा अड्किएर शिथिल भइसकेका कारण गैँडालाई जोगाउन नसकिएको पाठकले बताउनुभयो । 

साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैँडा फसेको निकुञ्जले जनाएको छ । 

यही साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत इचर्नी पोस्ट नजिकै दुईवटा भाले गैँडा जुध्दा लडेर एउटा गैँडा मरेको थियो । 

गएको आवमा विभिन्न कारणले २५ वटा गैँडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्