
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको पहिलो वर्ष पूरा भएको छ । गत वर्षको असार ७ गते लामिछानेको नेतृत्वमा राष्ट्रिय सभागृहबाट रास्वपा घोषणा गरिएको थियो ।
स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा रास्वपाले बालाजु (चःमति)स्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।
चियापान पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । पहिलो वर्षिकोत्सवदेखि नै रास्वपाले पार्टी कार्यालय बसुन्धराबाट बालाजु सारेको हो ।