३१ असार २०८३, बुधबार

जसपाको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

असार ७, २०८०
काठमाडौं
जसपाको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ । 

बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुनेछ । यस्तै असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने एजेण्डा पनि रहेको छ ।  यसैगरी  समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्ने एजेण्डा पनि रहेको छ । 
जसपा समाजवादी मोर्चामा सहभागी भएपछि पहिलो पटक पार्टीको बैठक बस्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्