२० असार २०८३, शनिबार

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

असार ७, २०८०
काठमाडौं
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गरेका थिए । ‘विगतमा हाम्रा माननीयहरुले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’ उनले भने, “कोरियाली संसद्‌मा उत्तरकोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ ।” उनले निकट दिनहरुमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे । उनले सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्‌)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानून निर्माण गर्दै गएको जानकारी गराएका थिए । उनले बालबालिकासम्बन्धी कानून पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए।

सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्