
उपप्राध्यापक प्रेम चलाउनेमाथि साङ्घातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले विहीवार सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो।
नेविसंघका नेता तथा कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको परिसरमा उपप्राध्यापक चलाउनेलाई ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेका थिए । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । तर सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेकाे थियाे ।