२१ जेठ २०८३, बिहीबार

राणाको राप्रपामा फेरि विद्रोहको तयारी

कात्तिक २०, २०७४
राणाको राप्रपामा फेरि विद्रोहको तयारी

काठमाडौं, २५ भदौ— पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका केहि सांसदले नेतृत्वविरुद्ध विद्रोहको तयारी गरेका  छन् ।rana

 सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका  राणाविरुद्ध फेरि केहि सांसदहरुले विद्रोहको तयारी गरेका हुन् । रोचक त के छ भने व्रिदोहको तयारी पनि त्यही सरकारकै विषय रहेको छ ।

राप्रपा प्रजातान्त्रिक स्रोतका अनुसार   पार्टीमा कुनै छलफल नगरी सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डेलाई  शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि गराउन लागिएपछि  पद नपाउनेहरु आक्रोशित बनेका छन् । उनीहरुले नेतृत्वले निर्णय नसच्याए सभासद र केन्द्रीय सदस्य पदबाट राजीनामा दिनेसम्मको चेतावनी दिएका छन् ।

यसरी चेतावनी दिनेहरुमा तत्कालिन राप्रपाले संविधान संशोधनको  पक्षमा मतदान गर्ने निर्णय गर्दा  गायव बनेका सांसदहरुमध्ये  कम्तीमा ७ जना  समेत रहेका छन् ।

 आइतबार बिहान राप्रपा प्रजातान्त्रिकको कार्यालयमा बसेको संसदीय दलको बैठकमा  बोहरा, थापा र पाण्डेलाई सहकारमा पठाउने निर्णय सुनाइएको  थियो ।  यस्तै राज्यमन्त्रीको रुपमा रेशम कुमार लामालाई पठाउने निर्णय पनि भएको बताइएको थियो ।

पार्टी विभाजनका बेला राणालाई बलियो साथ दिएपनि लाभको पद लिने बेलामा भने सीमित टाउके नेताहरुलाई मात्रै अवसर दिएको गुनासो असन्तुष्टहरुको छ । हाल मन्त्री हुने तयारीमा रहेका बोहरालाई उपाध्यक्ष र  संसदीय दलको नेता पनि बनाइएको छ भने   पाण्डेपनि उपाध्यक्ष र दलको उपनेता रहेका छन् । यस्तै सुनील थापा महामन्त्री हुन् । यता अर्का महामन्त्री लामालाई पनि राज्यमन्त्री बनाइन लागिएको तर सारथीहरुलाई भने मन्त्री बनाइनुको साटो छलफल समेत नगरिएकाले आक्रोश पैदा भएको  पार्टी स्रोत बताउँछ । 

लाभको पद  दिइँदा   पूर्व राप्रपा नेपाल पृष्ठभूमिकालाई त झन्   महत्व नदिइएको एक सांसदले बताए ।   पार्टी विभाजन हुँदा राप्रपा नेपाल पृष्ठभूमिका ६ सांसदसहित दर्जनौं केन्द्रीय सदस्यले  राणालाई साथ दिएका थिए ।

राप्रपा सांसद राज्यलक्ष्मी श्रेष्ठले पार्टीमा  ८ जना महिला सांसद रहेको भएपनि एकजनालाई पनि स्थान नदिइनु दुःखद भएको बताइन् ।  उनले आफू पदको लागि मरिहत्ते गर्ने मान्छे नभएपनि  पार्टीमा उचित सम्मान नहुँदा मन दुखेको बताइन् ।

भोलि सोमबार यसबारेमा अध्यक्षलाई भेटेर  आफूहरुले खुलस्त कुरा राख्ने भन्दै आजको भेटमा  सबैलाई समेटेर अघि बढ्ने आश्वासन  पाएको उनको भनाई छ ।

 पार्टी विभाजन भएको एक महिना नबित्दै राप्रपामा समस्या हुनुलाई पूर्वपञ्चहरुको पार्टी सत्ताकै वरिपरी रहने प्रवित्तिको रुपमा धेरैले लिएका छन् ।

राणाले व्यवस्थापन नगरे सांसदहरुले राजीनामा दिनेसम्मको तयारी गरेको भएपनि अहिले पार्टी विभाजन भने नहुने निश्चित छ  । किनकी एक पटक फुटेको पार्टी एक वर्षसम्म पुन: विभाजन हुन नपाउने प्रावधान रहेको छ ।  यद्यपी  पार्टीलाई ठूलै धक्का भने पुग्ने निश्चित छ  ।

राणाले कमल थापाको कार्यशैलीप्रति  विमती जनाउँदै गत साउन २२ गते  पार्टी फुटाएर निर्वाचन आयोगमार्फत नयाँ दलको मान्यता प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्