२१ असार २०८३, आइतबार

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा जनस्वास्थ्य अधिकृतविरुद्ध मुद्दा दायर

असार १२, २०८०
काठमाडौं
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा जनस्वास्थ्य अधिकृतविरुद्ध मुद्दा दायर
फाइल फोटो

सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानुनीरूपमा अकुत सम्पत्ति कमाएको अभियोगमा मंगलवार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा रु एक करोड १३ लाख ४५ हजार आठ सय पाँच मात्रै बैध आय गरेको पाइएको छ । 

सो अवधिमा उनको रु दुई करोड ४३ लाख ९१ हजार पाँच सय ६५ बराबरको लगानी भएको देखिएको छ । 

अनुसन्धनमा रु एक करोड ३० लाख ४५ हजार सात सय ७० बराबरको सम्पत्तिको स्रोत  नखुलेकाले मिश्रले गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरूको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । 

आयोगले बिगो बराबरको रकम असुलीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्