१९ असार २०८३, शुक्रबार

निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछाडि हटेकोमा गगन थापाले दिए सरकारलाई धन्यवाद

असार १२, २०८०
काठमाडौं
निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछाडि हटेकोमा गगन थापाले दिए सरकारलाई धन्यवाद
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने निर्णयबाट सरकार पछाडि हटेकोमा धन्यवाद दिएका छन् ।

‘सरकारले बजेटमार्फत गरेको जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने निर्णयले गर्दा संविधानले नै परिकल्पना गरेको निर्वाचनको स्वतन्त्रता तथा निष्पक्षता सङ्कुचित हुने अवस्था थियो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो गलत निर्णयका कारण व्यहोर्न पर्ने दुष्प्रभावलाई मध्यनजर गर्दै उक्त निर्णयबाट पछाडि हटेकोमा सरकार र अर्थमन्त्रीज्यू’लाई धन्यवाद ।’

— Gagan Thapa (@thapagk) June 27, 2023

 

salt training

कमेन्ट गर्नुहोस्