२७ असार २०८३, शनिबार
प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीलाई रविको 'काउन्टर' : यो पुस्ताले के देख्यो भन्ने कुरा पनि थपिदिनुपर्‍यो

असार १३, २०८०
काठमाडौं
प्रधानमन्त्रीलाई रविको 'काउन्टर' : यो पुस्ताले के देख्यो भन्ने कुरा पनि थपिदिनुपर्‍यो

सामाजिक सञ्जालमा व्यस्त पुस्ताप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिमा रास्वपा सभापति रवि लामिछानेले 'काउन्टर' गरेका छन् ।

'यो पुस्ताले के देखेन' भन्ने प्रधामन्त्रीको अभिव्यक्तिमा समर्थन नै रहेको भन्दै रविले यो पुस्ताले के देख्यो भन्ने कुरा पनि उल्लेख गर्न आग्रह गरेका हुन् ।

'यो पुस्ताले के देखेन भन्नुभयो, त्यसमा मेरो साथ र समर्थन नै छ,' रविले भने, 'त्यसमा के पनि थप्न आग्रह गर्छु भने देशका संरचना ननासिकन, हत्या हिंसा नभइकन, अंगभंग नभइकन, मानिसहरू नहराइकन शान्तिपूर्वक पनि परिवर्तन हुन सक्ने कुरा देख्यो भन्ने थपिदिँदा स्टेटमेन्ट अलि पूर्ण हुन्थ्यो कि !'

salt training

कमेन्ट गर्नुहोस्