०२ साउन २०८३, शनिबार
प्रतिनिधि सभा

एमाले र रास्वपाको विरोधपछि ‘बजेट मिलाउन’ भन्दै संसद् बैठक १५ मिनेटका लागि स्थगित

असार १३, २०८०
काठमाडौं
एमाले र रास्वपाको विरोधपछि ‘बजेट मिलाउन’ भन्दै संसद् बैठक १५ मिनेटका लागि स्थगित

जिल्ला निर्वाचन कार्यालय हटाउन बजेटमा भएको व्यवस्था खारेजीको माग गर्दै नेकपा एमाले र रास्वपाले विरोध जनाएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

विनियोजन विधेयकमाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि बुधवार दिउँसो सभामुखले निर्णयार्थ पेश गर्ने तयारी गरेका थिए ।

सदनमा अर्थमन्त्रीले जनाएको प्रतिबद्धताअनुसार विनियोजन विधेयकबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्चाउनु पर्ने भन्दै एमाले र रास्वपाले अडान लिएका छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अर्थमन्त्रीले प्रतिबद्धता जनाइसकेको अवस्थामा पारित गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘केही विषय मिलाउन’ भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । 

बजेटको मुख्य विषय विनियोजन विधेयक बुधवार पारित गर्ने कार्यसूची छ । सत्तारूढ दलले विधेयकको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्