
सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल अजहा)को अवसर पारेर बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यसअघि नै एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको थियो । ‘नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीवारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।