२५ असार २०८३, बिहीबार

समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ : कमल थापा

असार १४, २०८०
काठमाडौं
समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ : कमल थापा
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्ने बताएका छन् ।

बिहीवार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताए ।

उनले लेखेका छन्, ‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ । विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो । समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ ।’

salt training

कमेन्ट गर्नुहोस्