
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीवार दिउँसो खसेको पहिरोका कारण रातभरी सडक अवरुद्ध हुने भएको छ ।
सुख्खा पहिरोसँगै ढुङ्गा खसिरहेकाले पन्छाइने कार्य हुन नसक्दा सडक रातभर नखुल्ने भएको हो ।
ढुङ्गा खसिरहेकाले शुक्रवार बिहान ३ बजेदेखि मात्र पहिरो पन्छाउने काम शुरू गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।