
कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक ९ जिल्लामा आज शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विक्रम संवत् २०७९ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको बताए ।
उनका अनुसार शुक्रवार ९ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यस दिनमा कर्णालीका ९ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।