१० साउन २०८३, आइतबार

कान्ति लोकपथमा पहिरो खस्दा काठमाडौं–हेटौंडाको यातायात अवरुद्ध

असार १५, २०८०
हेटौंडा
कान्ति लोकपथमा पहिरो खस्दा काठमाडौं–हेटौंडाको यातायात अवरुद्ध
प्रतिकात्मक तस्वीर

काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै शुक्रवार बिहान पहिरो जाँदा काठमाडौं–हेटौंडाको यातायात अवरुद्ध भएको छ ।

मकवानपुर जिल्लाको सिमानाबाट करीब २ किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो वर्षा भइरहेको कारणले मौसम सुधार भएमा मात्रै हटाउन सकिने भएको ललितपुर प्रहरीले जानकारी दिएको बताइएको छ ।

हेटौंडाबाट काठमाडौं जान हिँडेको हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेर यातायात नखुलेसम्म लामबद्ध गरी रोकिराखेको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

यसैगरी चितवन जिल्लाको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौंबाट चितवनतर्फ आएका सबै सवारीसाधनलाई धादिङ नौबीसेको त्रिभुवन राजपथबाट सवारीसाधन बिहीवार रातिदेखि सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

यसैगरी पश्चिमबाट आएका विभिन्न सवारीसाधन पनि हेटौंडा त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी र चित्लाङ थानकोट सडकमा पनि अहिले दैनिक सवारीसाधन सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्