×

NMB BANK
NIC ASIA

बोतल प्रहारबारे प्रकाश सपूतले भने – मेरो मनमा गहिरो चोट पुगेको छ

काठमाडाैं | असार १५, २०८०

NTC
Premier Steels

गायक प्रकाश सपूतले रोमानियामा प्रस्तुति दिँदै गर्दा बोतल प्रहार भएको घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उक्त घटनापछि आफू मानसिक रुपमा अलि विक्षिप्त भएको समेत उल्लेख गरेका छन् । 

Muktinath Bank

उक्त घटनाको घोर भर्त्सना र निन्दा गर्दै घटनासँग अरू कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको उनले उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घटनासँग अरू कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरूको जीवनमा आइपर्ने यस्ता घटना र किस्साहरू पढ्दै, सुन्दै आएको हो’ उनले लेखेका छन् ‘तर स्वयम् आफू चाहिँ तयार भइसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनपेक्षित घटनाहरूले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’ 


Advertisment
Nabil box
Kumari

उनले कोभिड पछाडि यस्तो डर(एन्जाइटी) लाई पटक–पटक जित्दै आएको भएर यो डर पनि जित्ने विश्वास व्यक्त गरेका छन् । 

Vianet communication

प्रकाशले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ भन्दै सानै उमेरमा ठूलो रकम तिरेर विदेश जानुपर्ने वाध्यताले धेरै नेपालीहरूमा चरम निराशा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको बताएका छन् । 

लामो स्टाटसमा उनले आफ्नो कर्मले अरूलाई खुशी बाँड्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । 

उनले कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्ने सम्पूर्ण कलाकर्मी, संगीतकर्मी, अधिकारकर्मी, मिडियाकर्मी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लगायतलाई धन्यवाद पनि दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x