२७ जेठ २०८३, बुधबार

मोरङमा बीस प्रतिशत रोपाइँ सकियो

असार १५, २०८०
काठमाडौं
मोरङमा बीस प्रतिशत रोपाइँ सकियो
फाइल फोटो

‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेको छ । असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा २० प्रतिशतमात्र अर्थात् आठ हजार तीन सय ३० हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।

कुल ८३ हजार तीन सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उनको भनाइ थियो। 

गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपिसकिने प्रमुख सिंहको जिकिर थियो । जिल्लामा  धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्णलगायत धान लगाउने गरिएको ज्ञान केन्द्रले जनाएको छ । 

गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्