२३ जेठ २०८३, शनिबार

आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै बजेटको लक्ष्य हो : अर्थमन्त्री महत

असार १५, २०८०
काठमाडौं
आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै बजेटको लक्ष्य हो : अर्थमन्त्री महत
फाइल तस्बिर

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउनेगरी ल्याइएको दाबी गरेका छन् । 

शुक्रवार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

बजेट संघीयता विरोध पनि नभएको जिकीर गरे । धेरै आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उनले बताए । ‘संघीयताअनुसार हामी नगएको पनि होइन । समाजवादउन्मुख कुरा धेरै पटक आइसक्यो,' उनले भने 'खाली शब्दले मात्रै केही हुँदैन । आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्‍याउने नै बजेटको लक्ष्य हो ।’

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दाबीसमेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्