२१ जेठ २०८३, बिहीबार

एमालेको नक्कली राष्ट्रवादले देशमा द्वन्द्व : कोइराला

कात्तिक २०, २०७४
एमालेको नक्कली राष्ट्रवादले देशमा द्वन्द्व : कोइराला
सिरहा, २६ भदौ– नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले एमाले र मधेसी दल मिति सकिएका औषधी जस्तै भइसकेको दाबी गर्दै यी दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस सिराहा नगर समितिले सन्हैठामा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै कोइरालाले एमालेको नक्कली राष्ट्रबाद र मधेसी दलको उग्रमधेसवादको नाराले तराई–मधेस र पहाडका बीचमा सामाजिक सदभाव विथोलिने र देशलाई जातिय द्धन्द हुन सक्ने खतरा औंल्याउँदै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले मधेसी दलले सिर्जना गरेको भ्रमबाट मुक्त हुन मधेसी जनतालाई आग्रह समेत गरे । कोइरालाले मधेसको समस्या कांग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्