
मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मंगलवार अपराह्न बैठक बसिरहेको हो ।
बैठकमा निर्वाचन आयोगले प्रस्ताव गरेको ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ पनि कार्यसूचीमा छ ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डा रहेको सरकारका एक मन्त्रीले जानकारी दिए ।