२६ असार २०८३, शुक्रबार

आयरल्यान्डसँग नेपाल २ विकेटले पराजित

असार १९, २०८०
काठमाडौं
आयरल्यान्डसँग नेपाल २ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा आयरल्यान्ड २ विकेटले विजयी भएको छ ।

जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको बनाएको थियो ।
 
नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

आयरल्यान्डका लागि कुर्तिस क्याम्फरले ६२ र ह्यारी टेक्टर ६० रन बनाए। जर्ज डक्रेलले ३३ र विकेटकिपर लोर्कान टकरले २४ रन जोडे। क्याम्फर र डक्रेलले छैटौं विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका शुरुवाती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए । 

त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्