काठमाडौं, भदौ २६ – नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा पेसागत महासङ्घका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले आउँदो संसदको निर्वाचनमा श्रमिक क्षेत्रबाट १० प्रतिशत उम्मेदवार उठान माग गर्नुभएको छ । पेसागत महासङ्घ नेपाल, काभ्रेपलाञ्चोकको तेस्रो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
साथै उनले बदलिँदो परिस्थितिमा अब ट्रेड युनियनहरुको भुमिका राष्ट्रियताको संरक्षण गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान पु¥याउन र श्रमिकहरुको हक हितका साथै जनतालाई छिटो छरितो ढंगले गुणस्तरीय सेवा प्रदान गर्न र ट्रेड युनियन आन्दोलन भित्र हुर्किरहेको अवसरबाद, अराजकतावाद र अर्थबाद (३“अ”) का बिरुद्ध बैचारिक सङ्घर्ष गरी जिम्मेवार टे«ड युनियनको रुपमा विकास गर्न केन्द्रीत हुनु पर्ने बताउनु भयो ।
साथै उहाँले आगामी प्रदेश संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेद्वार छनौट गर्न नेकपा एमालेको ध्यानाकर्षण गराउनु भयो ।
अधिवेशनमा महासङ्घका केन्द्रीय सल्लाहकार सिताराम मास्के, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सूर्य अधिकारी, नेकपा एमाले काभ्रेका मोर्चा संगठन प्रमुख कञ्चन अधिकारी, तथा पेसागत ईन्चार्ज हरिदेव गिरी लगायतका वक्ताले मन्तव्य राख्नु भएको थियो । उद्घाटन समारोहको सभापतित्व महासङ्घका जिल्ला अध्यक्ष
श्री उद्घव अधिकारी र सञ्चालन सचिव राजदास काफ्ले, स्वागत भावना पाण्डेले गर्नुभएको थियो ।
अधिबेशनले जिल्ला अध्यक्षमा श्री हरिश्चन्द्र लामिछाने, उपाध्यक्षमा हरेराम हुमागाई, महिला उपाध्यक्ष भावना पाण्डे, सचिब आत्माराम महत, सहसचिव रुपेन्द्र अधिकारी, कोषाध्यक्ष सरिता सापकोटा, र सदस्यहरूमा भोलानाथ सापकोटा, रामहरि बन्जारा, शारदा नेपाल, गिता श्रेष्ठ, रबिन्द्र पोखरेल, बेली परियार, सरस्वती ढकाल, हुएन्द्र राना मगर, झलक दर्लामी रहेको १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा गठन गरेको छ ।