०४ असार २०८३, बिहीबार

कुकुरको निहुँमा झगडा : महोत्तरीमा गोली लागेर एक जना गम्भीर घाइते

असार २०, २०८०
काठमाडौं
कुकुरको निहुँमा झगडा : महोत्तरीमा गोली लागेर एक जना गम्भीर घाइते
फाइल तस्बिर

महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । 

उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए । 

कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । 

आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताए । 

बिरामी खतरामुक्त रहेको चिकित्सक सौरभ कर्णले बताए । यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताए । 

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्