
सप्तरीमा ३२ वर्षीया श्रीमती किरणकुमारी चौधरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सम्भुनाथ नगरपालिका ५ मोहनपुरका इनरदेव चौधरी रहेका प्रहरीले जनाएको छ । उनलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आफ्नै कोठामा सुतेकी किरणकुमारी बेहोस अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले इनरदेवलाई नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा उनको संलग्नता रहेको खुलेपछि प्रहरीले इनरदेव नियन्त्रणमा लिएको थियो ।
उनले हत्या गर्नुको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।