०१ साउन २०८३, शुक्रबार

नदी किनार भूमाफियाहरूले कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद गैरे

असार २०, २०८०
काठमाडौं
नदी किनार भूमाफियाहरूले कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद गैरे
फाइल तस्बिर

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरू नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नदी किनार ओगटेर बस्नेहरूको अवरोध हटाउनु पर्ने बताएका हुन् । 

नदी किनारका ८० प्रतिशत बस्तीहरू भूमाफियाको कब्जामा रहेको उनको दाबी छ । मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने उनले बताए । 

‘हामी बाग्मती नदी भन्छौँ, तर यो नदी नालीमा रूपान्तरण भइरहेको छ । हामीले ढल, नाला बनाउँदै छौँ । नदी आसपास भूमाफियाहरूले कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ,' उनले भने, '८० प्रतिशत फेक बस्तीलाई हटाउनु पर्छ । त्यसमा समितिले सघाउनेछ । वास्तविक सुकुम्वासीहरू सरकारले बनाएको आवासमा गएर बस्नुपर्छ ।’

सांसद गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरूलाई कारवाही गर्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्