०६ साउन २०८३, बुधबार

संसद् अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएन : मन्त्री बस्नेत

असार २०, २०८०
काठमाडौं
संसद् अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएन : मन्त्री बस्नेत
फाइल फोटो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नसोधी राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत भएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसद्लाई हुने बताए । उनले प्रधानमन्त्रीको बोलीको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद् चल्न नदिनु संसदीय प्रक्रिया विपरीत भएको बताए । उनले संसद् चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उल्लेख गरे ।

उनले भने, ‘संसद्मा बोलाएर प्रधानमन्त्रीज्यूको आशय के हो भनेर सोध्ने अधिकार संसद्ले राख्छ । हरेक सांसदको निम्ति त्यो अधिकार छ । अनि त्यो अधिकार हुँदाहुँदै, त्यो अधिकार सुरक्षित रहँदारहँदै, संसदीय मर्यादा र प्रक्रियाको बाटो हुँदाहुँदै संसद् चल्न दिन्नौं भन्ने कुरा त्यो संसदीय प्रक्रिया पनि होइन । त्यो संसदीय प्रक्रियाको विषय पनि होइन र त्यो जिम्मेवारीपूर्ण कुरा हुँदैन । प्रधानमन्त्रीको आशय के हो भन्ने कुरा सुनिसकेपछि उहाँहरूलाई त्यो कुरा चित्त बुझेन, ठीक लागेन, त्यसपछि के गर्ने भन्ने कुरा त्यो उहाँहरूको त्यसपछिको कुरा हुन्थ्यो ।’ 

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदीक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदीक्षालाई राजनीतिक विषय बनाउन जरुरी नरहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्