०२ असार २०८३, मंगलबार

कोशी प्रदेशमा आज मुख्यमन्त्रीका लागि दाबी पेश गरिसक्नुपर्ने

असार २१, २०८०
विराटनगर
कोशी प्रदेशमा आज मुख्यमन्त्रीका लागि दाबी पेश गरिसक्नुपर्ने

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि आज बिहीवार दाबी पेश गरिसक्नुपर्नेछ । 

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्री नियुक्तिका लागि दिएको सीमा तोकेका थिए । केन्द्रीय सत्तारुढ गठबन्धनका दलहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् तर बहुमत पुर्‍याउन सकस परेको छ ।

कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिँदैन । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्