१२ असार २०८३, शुक्रबार
७ दलको निष्कर्ष

एमालेले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने ७ दलको निर्णय, संसद् फेस गर्ने सहमति

असार २१, २०८०
काठमाडौं
एमालेले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने ७ दलको निर्णय, संसद् फेस गर्ने सहमति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गर्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु नपर्ने सत्तारुढ ७ दलले निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको स्पष्टीकरण नसुनी राजीनामा माग गर्नु असंसदीय निर्णय भएको ७ दलको निष्कर्ष छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको ७ दलको बैठकले एमालेले माग्दैमा राजीनामा नदिने बरु संसद् फेस गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 

‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलले संसद् अवरोध गरेको र राजीनामा माग गरिएको सन्दर्भमा हामीले छलफल गर्‍यौं । हतार हतारमा प्रधानमन्त्रीको कुरा नसुनी राजीनामा माग गर्ने एमालेको उक्त निर्णय असंसदीय छ’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद् फेस गर्ने निर्णय ७ दलको बैठकबाट भएको छ ।’

आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधवार प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्