३१ असार २०८३, बुधबार

हर्कलाई भेटेपछि एलिजाले गरिन् राजनीतिबाट बिदा लिएको घोषणा

असार २१, २०८०
काठमाडौं
हर्कलाई भेटेपछि एलिजाले गरिन् राजनीतिबाट बिदा लिएको घोषणा

नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एवं केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफू सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् ।

उनी गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । आफ्ना अभिव्यक्तिका कारण समय समयमा विवादमा आउने गरेकी गौतमले पाँच महिनामै राजनीतिबाट बिदा लिएकी हुन् । 

उनले आगामी दिनमा सक्रिय समाज सेवालाई निरन्तरता दिने उल्लेख गरेकी छन् । 

उनले आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको बताएकी छिन् ।

दलको सक्रिय राजनीति गर्नेलाई एकपटक धरान पुगेर मेयर साम्पाङको काम हेर्न पनि उनले अनुरोध गरेकी छिन् । 

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई सर्वोच्च अदालतले दिपालयले गरेको जन्मकैदको फैसलालाई सदर गरेपछि एलिजाले नेता चौधरीलाई नछुटाए देशमा आगो बाल्ने चेतावनी दिएकी थिइन् । यो अभिव्यक्तिले उनको चर्को आलोचना भएको थियो । पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीलाई स्वागत गर्न उनी फूलमाला लिएर डिल्लीबजार कारागार नै पुगेकी थिइन् । 

रिपोर्टक क्लवका अध्यक्ष ऋषि धमलाकी श्रीमती एलिजाले पाँच वर्षअघिको फिल्म ‘अनुराग’बाट फिल्ममा अभिनेत्रीका रुपमा डेब्यु गरेकी थिइन्, जुन फिल्म फ्लप साबित भएको थियो । 

उनको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन । उनले केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्