१० साउन २०८३, आइतबार

ललितपुरको लेलेबाट रत्नपार्कसम्म साझा बस सञ्चालन

असार २१, २०८०
काठमाडौं
ललितपुरको लेलेबाट रत्नपार्कसम्म साझा बस सञ्चालन
फाइल फोटो

ललितपुरको गोदावरी नगरपालिकाले पर्यटक तथा स्थानीयलाई लक्षित गरी साझा बस सञ्चालन गरेको छ ।

सो बस सञ्चालनका लागि गोदावरी नगरपालिका र साझा यातायात सहकारी संस्थाबीच समझदारी भएको छ ।

गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मिलन सिलवालका अनुसार बस लेले सातदोबाटो हुँदै रत्नपार्कसम्म पुग्छ ।

अहिले दैनिक चार वटा बस सञ्चालन गरिएको प्रवक्ता सिलवालले बताए ।

बस सेवाले दश हजार वडाबासीलाई मात्र नभई गोदावरी महालक्ष्मी तथा ललितपुर महानगर र यहाँ आउने पर्यटकहरूलाई सुविधा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्