११ असार २०८३, बिहीबार

लागूऔषधसहित २ जना पक्राउ

असार २१, २०८०
काठमाडौं
लागूऔषधसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाराको खोपवा गाउँपालिका–२ बस्ने १९ वर्षीय रामलाल पासवान र भारतको बरियारपुर घर भई हाल बाराको खोपवा गाउँपालिका–२ बस्ने १९ वर्षीयको रोशन मण्डललाई पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेक प्वाइन्टमा बारादेखि काठमाडौंतर्फ आउँदै गरेको ना६ख ६३७६ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा दुवै पक्राउ परेका हुन् ।

प्लाष्टिकमा लागूऔषध लुकाइछिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ७ दिन थुनुवा अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्